लौ मार्यो
सदाबहार सुन्दर तिम्रो यो स्मृतीले लौ मार्यो,
हिउँझैँ श्वेत र निश्चल तिम्रो हृदयको तेजले लौ मार्यो।
मिठो वचन, शान्त मुद्रा, ज्ञानी, संस्कारी,
सागरझैँ गहिरा ती नयनका छालले लौ मार्यो।
अप्सराको रुप, देवीहरुको गुण एकै व्यक्तिमा,
सय सुर्यको तेजझैँ चहकीलो त्यो मुस्कानले लौ मार्यो ।
करोडौँमा एक अनमोल, गुणको गान गरी नसकिने तिम्रा,
लाग्यो मनको भाव नखोल्ने मेरै बानीले लौ मार्यो ।