बबाल
चाँदीझैँ चम्किलो त्यो हातमा सुनको बाला छ,
मायालु मेरी रूँदै रूँदै अरु कसैको हुने वाला छ ।
गोरा-काला, बाहुन-दमाई, अझ उपाध्याय-जैसी अरे
संविधानमा समानता, समाजमा भेदभावको बोलवाला छ ।
आशा गरी गरी उही पुरानैलाई भोट हाल्यौँ,
अध्यक्षमा भेना र उपाध्यक्षमा साला छ ।
प्रेम बिछोड, कोरोनाको त्रास, ऋणको भारी,
यो साल त त्यस्तै भयो, अर्को साल बबाल हुने वाला छ।